छुरा प्रहार गरी छोराको हत्या

134

प्रस, पोखरिया, ३० भदौ/
    पोखरिया नगरपालिकामा बुबाको छुरा प्रहारबाट छोराको मृत्यु भएको छ। सोमवार साँझ सवा सात बजे पोखरिया नपा–६ श्रीसिया निवासी ७० वर्षीय लक्ष्मीसाह रौनियारले ३५ वर्षीय माधवसाह रौनियारलाई छुरा प्रहार गरेका थिए।
    छुरा प्रहारबाट घाइते माधवको उपचारका लागि वीरगंज ल्याउने क्रममा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहले बताए।
    घाइते माधवलाई शुरूमा जिल्ला अस्पताल पोखरिया लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि वीरगंज ल्याउने क्रममा बाटोमा मृत्यु भएको थियो।
    प्रारम्भिक अनुसन्धानमा लक्ष्मीले मदिरासेवन गरेको र सो विषयमा छोरासँग भनाभन हुँदा आक्रोशमा आएर छुरा प्रहार गरेको स्थानीयबाट खुलेको प्रहरीले जनाएको छ। छुरा प्रहार गर्ने लक्ष्मीसाह रौनियारलाई नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्