सडक, कल्भर्ट भत्किंदा आवागमन ठप्प

0
35

प्रस, पर्सागढी, २९ भदौ/
    वर्षायाममा आएको बाढीले वीरगंज महानगर–२९ का सडकखण्डहरू भत्किंदा आवागमनमा समस्या भएको छ।
    प्रत्येक वर्ष वर्षायाममा यस क्षेत्रका सडकहरू भत्किने गरेको कारण आवागमन पूर्णरूपमा ठप्प हुने गरेको छ। बाटो भत्किंदा सर्वसाधारणलाई वीरगंज आउन जीतपुरको सडक प्रयोग गर्नुपर्छ। जसले गर्दा अतिरिक्त समय, श्रम र पैसा खर्च गर्नुपर्छ।
    सो सडकखण्ड र सोमा निर्मित कल्भर्टहरू दीर्घकालीन सोचका साथ नबनाउँदा हरेक वर्ष तीन महीनासम्म आवागमन पूर्णरूपमा ठप्प हुने गरेको स्थानीयवासीले बताए। यसबारेमा स्थानीय तहलाई पटक–पटक गुनासो गरेपछि कात्तिक महीनासम्ममा सो सडकखण्ड सामान्य मरम्मत हुने बताइएको छ। अर्को वर्ष फेरि वर्षा रबाढीले सो सडकखण्ड पुनः भत्किने स्थानीयले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्