निषेधाज्ञामा गरीब, दीनदुःखीहरूलाई भोजन

105


प्रस, वीरगंज, २८ भदौ/
    निषेधाज्ञामा वीरगंज महानगरपालिकामा विभिन्न संस्थाले गरीब, दीनदुःखीहरूलाई भोजन गराउने कार्यलाई निरन्तरता दिएका छन्।
    समर्पण सेवा संस्था र साहिब दरबार सेवा संस्थानले संयुक्तरूपमा निषेधाज्ञाको ३९औं दिन हिजोदेखि गरीब, दीनदुःखीहरूलाई भोजन गराउन बन्द गरेको छ। स्विमिङ पुल, छपकैया, बिर्ता, माईस्थान, मुर्ली, श्रीपुर, गण्डकचोक र परवानीपुर क्ष्Fेत्रमा निषेधाज्ञा अवधिमा दैनिक ४ सय मानिसलाई भोजन गराउँदै आएको साहिब दरबार संस्थानका अध्यक्ष राजेशमान सिंहले बताए।
    दैनिक बिहान एक समय दीनदुःखीहरूलाई भोजन गराउँदै आएको र साप्ताहिकरूपमा शनिवार छाडा चौपाया, कुकुरलाई भोजन गराएको अध्यक्ष्F सिंहले बताए। संस्थानले समर्पण सेवा संस्थासँगको सहकार्यमा लकडाउन अवधिको ९० दिनसम्म स्विमिङपुलमा गरीब, दैनिक ज्यालादारी मजदूरहरूलाई भोजन गराएको थियो।
    यसैगरी, निषेधाज्ञा अवधिमा कोभिड एक्शन टीम (क्याट)ले पनि दैनिक पौने दुई सय गरीब, दीनदुःखीलाई भोजन गराउँदै आएको छ। विभिन्न व्यक्तिको सहयोगमा साउन १६ गतेदेखि निषेधाज्ञा रहुन्जेलसम्म दैनिक दुई समय भोजन उपलब्ध गराइरहेको संस्थाका सञ्जीव मिश्रले बताए। उनले नारायणी अस्पताल, बिर्ता, बसपार्क र जिल्ला समन्वय समितिअगाडि भोजन गराउँदै आएको जानकारी गराए।
    निषेधाज्ञामा नेपाल विद्यार्थी सङ्घले पनि भोजन गराउँदै आएको छ। नेविसङ्घका मनोज साहले महानगरका विभिन्न स्थानमा गरीब, दीनदुःखीहरूलाई भोजन गराउँदै आएको बताए।
    यसैबीच, निषेधाज्ञा अवधिमा पनि सद्भाव समितिले प्रत्येक शनिवार भोजन गराउने कार्यलाई निरन्तरता दिएको छ। लकडाउनमा भोजन गराएको सद्भाव समितिले निषेधाज्ञामा प्रत्येक शनिवार मजदूरहरूलाई भोजन गराउँदै आएको छ।
    समितिले विगत दुई वर्षदेखि वीरगंज–६ आदर्शनगर चोकमा शनिवार बिहान एक समय भोजन उपलब्ध गराउँदै आएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्