ठूलो परिमाणमा गाँजासहित ट्रक पक्राउ

0
42

प्रस, सर्लाही, २८ भदौ/
    शनिवार राति प्रहरीले सर्लाहीमा ठूुलो परिमाणमा गाँजासहित ट्रक पक्राउ गरेको छ।
    प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर नेतृत्वको प्रहरी टोलीले ३ सय ९ किलोग्राम लागूऔषध गाँजासहित एउटा ट्रक नियन्त्रणमा लिएको हो। राति सवा ९ बजे जिल्लाको पर्सा गाउँपालिका वडा नं ५ डोमोवा टोलस्थित चिरान मिल सडकमा छड्के गरी सवारीसाधन  चेकजाँच गर्दा ना.४ख ७७४८ नं को ट्रकबाट गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ।

          प्रहरीलाई देखेपछि ट्रक चालू अवस्थामा सडकमा छोडेर चालक फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्ष्Fक राजुु कुुर्मीले जानकारी दिए। ट्रकको ढालामा विभिन्न ११ वटा गाँजाका पोकाहरू फेला परेको थियो।  गाँजा र ट्रक नियन्त्रणमा लिई ट्रकधनी र फरार चालकको खोजी भइरहेको प्रहरी प्रवक्ता कुर्मीले बताए।
    जिल्लाको पूर्वी ग्रामीण इलाका हँुदै गाँजा नेपालबाट भारततर्फ ओसारपोसार हुँदै आएको भन्ने सूचनाको आधारमा प्रउ राठौरसहितको टोलीले छड्के कारबाई गरेको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्