आइसोलेशन सेन्टरलाई सहयोग

0
39


प्रस, रौतहट, २८ भदौ/
    जिल्ला अस्पताल गौरले सञ्चालन गरेको कोरोना आइसोलेशन सेन्टरलाई छाया नेपालले विभिन्न सामग्री सहयोग गरेको छ।
    आइतवार बिहान जिल्ला प्रशासन कार्यालय, रौतहटका प्रशासकीय अधिकृत किरणनिधि तिवारी र प्रशासन शाखाका रामनरेश साहलाई छाया नेपालका प्रतिनिधि राजेश साहले मास्क, सेनिटाइजर, मन्जन, झुल, ब्रश, बाल्टिन हस्तान्तरण गरेका थिए।
    १ हजार ५ सय थान मास्क, १ सय ५० थान ह्यान्ड सेनिटाइजर, ३ सय ५० थान मन्जन, ३ सय ५० थान झुल, ३ सय ५० थान ब्रश र २५ थान वाल्टिन आइसोलेशनमा प्रयोगका लागि प्रशासकीय अधिकृत तिवारीलाई हस्तान्तरण गरेको छाया नेपालका प्रतिनिधि साहले बताए।
    लकडाउन अवधिमा छाया नेपालले १० वटा जिल्लाका २० वटा स्वास्थ्य संस्था र आइसोलेशन सेन्टरमा विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको जनाइएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्