प्राथमिक उपचारबारे अभ्यास

0
71


प्रस, वीरगंज, २७ भदौ/
    विश्व प्राथमिक उपचार दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले अभ्यास कार्यक्रम गरेको छ।
    महामारीमा प्राथमिक उपचार अभ्यासहरूमा अनुकूलता नाराका साथ शुरू भएको अभ्यास कार्यक्रमको अध्यक्षता नेरेसो पर्साका स्वास्थ्य सेवा समिति संयोजक दिनानाथ रौनियारले गरेका थिए। कार्यक्रममा नेरेसो पर्साका कोषाध्यक्ष महन्त यादव, शाखाका उपमन्त्री साबिर अहमद एराजलगायतले मन्तव्य राखेका थिए।
    कार्यक्रममा राजन श्रीवास्तव, सुरेन्द्र साह, रागीव हुसेन, भरत शर्मा, राजु साह, नन्दनकुमार, कृष्ण रौनियार, रानी गुप्ता, राहुल गुप्ता, वीरशम्शेर कुर्मी, लक्ष्मीनारायण राउतलगायतले प्राथमिक उपचारबारे अभ्यास गरेर देखाएका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्