बेवारिसे बन्दूक बरामद

0
40

प्रस, सिराहा, २६ भदौ/
    सिराहाको गोलबजार नगरपालिका–१० स्थित वन क्षेत्रबाट प्रहरीले बेवारिसे अवस्थामा भरुवा बन्दूक बरामद गरेको छ।
    इलाका प्रहरी कार्यालय गोलबजार सिराहाबाट खटिएको प्रहरी गस्ती टोलीले बिहीवार राति बेवारिसे अवस्थामा भरुवा बन्दूक बरामद गरेको हो।
    बरामद बन्दूक चालू अवस्थामा रहेकोले कुनै तस्कर वा शिकारी समूहको हुन सक्ने र प्रहरीलाई देखेपछि हतियार लुकाएर उनीहरू फरार भएको हुन सक्ने प्रहरीको अनुमान छ। सो सम्बन्धमा अनुसन्धान भइरहेको इप्रका गोलबजारले जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्