नक्कली सशस्त्र प्रहरीको आरोपमा एकजना पक्राउ

83

प्रस, सेढवा, २६ भदौ/
    सशस्त्र प्रहरीको असई भन्दै सर्वसाधारण र व्यापारीलाई दुःख दिएको आरोपमा एकजनालाई प्रहरी चौकी महादेवपट्टिले पक्राउ गरेको छ।
    पक्राउ पर्नेमा जीराभवानी गाउँपालिका–१ बेल्वाटाँडी निवासी राजा यादव रहेको प्रहरी चौकी महादेवपट्टिका प्रहरी सहायक निरीक्षक सिकेन्द्र पाण्डेले बताए।
    यादवले सर्वसाधारण तथा व्यापारीहरूलाई आफू सशस्त्र प्रहरीको असई भएको भन्दै रकम उठाउने र दुःख दिएको गुनासो स्थानीयवासीले गरेपछि यादवलाई पक्राउ गरी कारबाईका लागि जिल्ला प्रहरी कार्यालय, पर्सा पठाइएको प्रसनि पाण्डेले बताएका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्