पत्रकार वीरेन्द्र साहका हत्यारा पटेल पक्राउ

0
62

प्रस, वीरगंज, २५ भदौ/
बाराका पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न चौथो अभियुक्त हरेराम पटेल पनि बिहीवार पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बारा प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले पटेललाई कोल्हवी नगरपालिका–४ सपहीटोलबाट पक्राउ गरेको बताए । पत्रकार साहको हत्यामा संलग्न पटेल १३ वर्षदेखि फरार थिए । पत्रकार साहलाई २०६४ असोज १८ गते अपहरण गरिएको र उनको शव बाराको डुमरवानाको जङ्गलमा गाडिएको अवस्थामा २०६४ कात्तिक २२ गते फेला परेको थियो । पत्रकार साह हत्याकाण्डमा यसअघि मेनेजर गिरी (२०६५/६/११), रामएकबाल सहनी (२०६५/९/२१) र कुन्दन फौजदार (२०७६/११/२५)मा पक्राउ परेर बारा जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि जेल चलान भएका छन् । आज पक्राउ परेका पटेलको हकमा बारा जिल्ला अदालत, पुनरावेदन अदालत र सर्वाेच्च अदालतले फरार करार गरेर मुद्दा मुलतबीमा राखेको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्