ईशनाथ नपाको चौथो नगरसभा सम्पन्न

0
57

प्रस, रौतहट, २५ भदौ/
ईशनाथ नगरपालिकाको चौथो नगरसभा सम्पन्न भएको छ । नगरपालिकाको सभाकक्षमा बुधवार आयोजित नगरसभा नगरप्रमुख सन्तोषकुमार मेहताको अध्यक्षतामा सम्पन्न भएको थियो ।
नगरसभाले चालू आर्थिक वर्ष २०७७/०७८ मा नगरको समग्र विकासको लागि ३८ करोड ५० हजार ५७० रुपैयाँ आयव्यय बजेट प्रस्तुत गरेका थिए । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीले चालू आर्थिक वर्षको लागि वित्तीय समानीकरण, सशर्त अनुदान, राजस्व बाँडफाँड, आन्तरिक आय प्रस्तुत गरेका थिए ।
शिक्षा, स्वास्थ्य, कृषि, यातायात, खानेपानी, विद्युत्, भौतिक पूर्वाधार निर्माण कार्य लगायतलाई विशेष प्राथमिकतामा
राखेर बजेट प्रस्तुत गरिएको नगरप्रमुख मेहताले जानकारी दिएका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्