कारमा गाँजा छाडेर भाग्ने चालक पक्राउ

0
36

प्रस, वीरगंज, २४ भदौ/
    बारा प्रहरीले दुर्ई साताअघि १६५ किलो लागूऔषध गाँजा कारमा छोडेर भाग्ने चालकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कोल्हवीको टोलीले मङ्गलवार कोल्हवी–५ सोनाभार टोलमा बस्ने २२ वर्षीय सनी भनिने गौरीशङ्कर चौधरीलाई पक्राउ गरेको बारा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।
    गत भदौ १५ गते कोल्हवी नगरपालिका वडा नं ९ श्रीपुरमा बिहान साढे ४ बजे सशस्त्र प्रहरीको चेकजाँचको क्रममा प्रदेश ३–१–०२२च८१३४ नम्बरको आफूले चलाएको कार छोडेर चौधरी भागेका थिए। उक्त कार चेकजाँच गर्दा १६५ किलो गाँजा बरामद भएपछि बारा प्रहरीले अनुसन्धान शुरू गरेको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्