१४ सूत्रीय माग राख्दै क्याम्पसमा तालाबन्दी

0
53

प्रस, वीरगंज, २३ भदौ/
    नेपाल विद्यार्थी सङ्घ, ठाराब क्याम्पस एकाइले १४ सूत्रीय माग राखी क्याम्पसमा तालाबन्दी गरेको छ।
    एकाइ अध्यक्ष मनोजकुमार साहले विद्यार्थी हकहित तथा क्याम्पसको समसामयिक विषयमा क्याम्पस प्रशासनलाई यसअघि ध्यानाकर्षण गराउँदा उदासीन देखिएकोले तालाबन्दी गर्नुपरेको बताए। उनले कोरोना सङ्क्रमणको बेला क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखको कक्ष्Fमा यसअघि तालाबन्दी गरिएको तर पनि वार्ताको माध्यमबाट समस्या समाधान गर्नेतर्फ पहल नभएपछि आजदेखि १४ सूत्रीय माग राखेर क्याम्पसमा तालाबन्दी गर्नुपरेको बताएका छन्। उनले वार्ताको माध्यमबाट क्याम्पस सुधारका लागि पहल क्याम्पस प्रशासनसँग गर्न आग्रह गरेका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्