परल मूल्यमा मल पाएपछि किसानहरू खुशी

0
66

प्रस, सेढवा, २३ भदौ/
    जीराभवानी गाउँपालिकाका किसानले परल मूल्यमा मल पाएका छन्। प्रतीक दैनिकमा भदौ १६ गते साल्ट टे«डिङबाट सरकारको अनुदानमा प्राप्त मल संस्थाहरूले दोब्बरी मूल्यमा बिक्री गरिरहेको समाचार प्रकाशित भएपछि स्थानीय प्रशासनले किसानहरूलाई परल मूल्यमा मल उपलब्ध गराउन पहल गरेपछि किसानहरूले मल प्राप्त गरेका हुन्।
    जीराभवानी गापाको वडा नं. २, ३, ४ सेढवा, नौकाटोला, सुपौलीमा रहेको चारवटा कृषि सहकारी संस्थाले युरिया मल प्रतिबोरा रु ८ सयमा बिक्री गरेको छ। साल्ट टे«डिङबाट रु ७ सय ५० मा खरीद गरेको र ढुवानी खर्च जोडेर रु ८ सयमा बिक्री गरेको सहकारी संस्थाले जनाएको छ। साल्ट टे«डिङले यसअघि कृषि सहकारी संस्थाहरूलाई युरिया मलसँगै एसएसपी, साल्फेट र जिङ्क खरीद गर्न बाध्य गरेकोमा यसपटक सहकारीहरूलाई बाध्य गरिएको छैन। साल्ट टे«डिङले संस्थालाई मल मात्र बिक्री गरेपछि संस्थाले पनि किसानहरूलाई आवश्यकता अनुसार मल बिक्री गरेको छ।
    यसअघि, संस्थाले जबरजस्ती किसानहरूलाई मलसँगै अन्य मल पनि बिक्री गर्ने गरेको थियो।
    कृषि संस्थाले किसानहरूको माग अनुसार मल उठाएको र ढुवानी खर्च जोडेर बिक्री गरेको किसानहरूले बताएका छन्। संस्थालाई साल्ट टे«डिङले सातामा एकपटक ७० बोरा युरिया मल उपलब्ध गराएको छ। यसअघि ३० देखि ४० बोरा मल मात्र उपलब्ध गराउने गरेको थियो।
प्रस, पर्सागढी/
    साल्ट टे«डिङले कृषि सहकारी संस्थालाई मल उपलब्ध गराउन शुरू गरेपछि पर्सागढी नपाका किसानहरू खुशी भएका छन्।
    मल नपाएर भारत जानुपर्ने किसानहरूलाई अहिले सुविधा भएको छ। पछिल्लो समयमा नेपाली किसानहरूले भारतीय मल पनि तस्करीका कारण रु १२ सयदेखि रु १४ सयमा खरीद गर्नुपरेको थियो। भारतीय मल प्रतिबोरा ४५ किलोको हुन्छ। भारतमा भारु ३५० पर्ने मल तस्करहरूले रु १२ सयदेखि १४ सयमा बिक्री गर्ने गरेका थिए। अहिले नेपाली मल ५० किलो बोराको किसानहरूले रु ८ सयमा पाइरहेका छन्।
    पर्सागढी सहकारी संस्थाका सञ्चालक रामाशीष यादवले वडाको सिफारिशमा किसानहरूले साल्ट टे«डिङबाट सीधैं मल पाइरहेको बताए। यसका साथै संस्थाले गाउँमा लगेर भाडा जोडी किसानहरूलाई परल मूल्यमा बिक्री गरिरहेका छन्।     

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्