हरपुरको आइसोलेशनबाट १५ जनाको बिदाइ

121

प्रस, पर्सागढी, २१ भदौ/
    पर्सागढी नगरपालिका–८ स्थित नेरा आधारभूत विद्यालय हरपुरको आइसोलेशनबाट आइतवार १५ जना सङ्क्रमित निको भएर घर फर्केका छन्।
    आइसोलेशनमा रहेका १५ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई बिदाइ गरिएको वडाध्यक्ष किसुनदेवप्रसाद यादवले बताए। उनले आइसोलेशनमा खट्ने स्वास्थ्यकर्मी अजयकुमार महासेठ, मोतीलाल राम, रिङ्कीकुमारी साहलाई धन्यवादसमेत दिए।
    निको भएका १५ जना सङ्क्रमितहरूलाई स्वास्थ्यकर्मी महासेठले सात दिनसम्म घरमा बसी सरसफाइमा ध्यान दिन सुझाव दिएका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्