रौतहटका किसानहरू नहरको पानी ल्याउन प्रयासरत

0
41

प्रस, रौतहट, २० भदौ/
    धेरै दिनदेखि आकाशे पानी नपरेकोले धानबाली सुक्न थालेपछि दुर्गा भगवती गाउँपालिका वडा नं ४ का किसानहरूले नहरको पानी ल्याउन प्रयास थालेका छन्। नहर जाम भएपछि लोकाहादेखि नहरलाई सरसफाइ गर्दै पानी ल्याउन किसानहरू एकजुट भएका हुन्।
    वर्षौंदेखि नहरको सरसफाइ नभएकोले नहरमा घाँसपात तथा जलकुम्भी उम्रिएर जाम भएको पचरूखीका किसान विन्देश्वर महतोले बताए।
    नहरमा माछा मार्नको लागि ठाउँ–ठाउँमा माटोको डिल बनाइएकोले पनि नहरको पानी नआएको महतोको भनाइ छ।
    प्रत्येक वर्ष बाढीले धानबालीलाई हानि पु–याउँदै आएकोले किसान चिन्तित छन्। विश्वव्यापी कोरोना भाइरसका कारण धेरै मात्रामा धानबाली किसानले लगाउन पनि नसकेको कृषि ज्ञान केन्द्र गौरले जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्