मुख्यमन्त्री गद्दीद्वारा प्रहरी चौकी भवनको शिलान्यास

135

प्रस, रौतहट, २० भदौ/
    मुख्यमन्त्री लालबाबूराउत गद्दीले माधवनारायण नगरपालिका–२ खेसरिया बजारमा अस्थायी प्रहरी चौकी भवनको शिलान्यास गरेका छन्।
    पुजारीको हत्या भएको ठाउँ खेसरिया बजारमा हिजो शुक्रवार मुख्यमन्त्री लालबाबूराउत गद्दी, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले संयुक्तरूपमा प्रहरी चौकी भवनको शिलान्यास गरेका हुन्।
    कार्यक्रममा कृषि राज्यमन्त्री योगेन्द्र यादव, प्रदेश सांसदहरू किशोरी, बाबूलाल साह, फूलबाबू, नगरप्रमुखहरू अजय गुप्ता, धर्मेन्द्र पटेल, वीरेन्द्र यादवलगायत सुरक्षा प्रमुखहरूको उपस्थिति थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्