सङ्क्रमित भारतीय नागरिकको मृत्यु

0
41

जनकपुर, १९ भदौ/रासस
    धनुषामा एक भारतीय मजदूरको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। यससमेत गरी धनुषामा कोरोनाको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ।
    क्षीरेश्वरनाथ नगरपालिका–३ को रमदैयास्थित लोमस प्यारेन्टल एन्ड फर्मुलेशन उद्योगमा कार्यरत भारत, आन्ध्रप्रदेश विशाखापटनम बस्ने ६५ वर्षीय ती मजदूरको बिहीवार बिहान मृत्यु भएको र कोरोना पुष्टि आज भएको हो।
     तीन दिनदेखि ज्वरो र झाडापखाला आएकाले कोरोनाको कारण मृत्यु भएको आशङ्कामा उनको स्वाबको नमूना सङ्कलन गरी जनकपुरस्थित प्रादेशिक प्रयोगशालामा परीक्षण गरिएको थियो। ती व्यक्तिमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजयकुमार झाले जानकारी दिए। नेपाली सेनाको टोलीले बिहीवार नै शव व्यवस्थापन गरिसकेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्