प्रसौनीमा फूड बैंक स्थापना

0
37

प्रस, वीरगंज, १९ भदौ/
    भ्वाइस अफ प्रसौनी युथ क्लबले प्रसौनी गाउँपालिका–२ मा फूड बैंक स्थापना गरेको छ। वडाध्यक्ष सुरेशकुमार गुप्ताको सहयोगमा ‘हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं’ नाराका साथ प्रसौनीबजार चोकमा फूड बैंक स्थापना गरिएको हो।
    फूड बैंकमा चामल, दाल, सोयाबिन, तेल राखिएको र गरीबहरूले यहाँबाट खाद्यान्न सामग्री लैजान सक्ने बताइएको छ। वडाध्यक्ष्F गुप्ताको सभापतित्वमा भएको कार्यक्रममा गापा अध्यक्ष भोलाप्रसाद गुप्ता, वडाध्यक्षहरू सुरेश गुप्ता, सनइ साह, बृजकिशोर साहलगायतको उपस्थिति थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्