पर्सा, बारामा ४५ जना सङ्क्रमित थपिए

0
52

प्रस, वीरगंज, १९ भदौ/
    नारायणी अस्पतालको प्रयोगशालाले बिहीवार बेलुकी जारी गरेको पिसिआर परीक्षण रिपोर्टमा ४५ जना सङ्क्रमित थपिएका छन्।
    प्रयोगशालाले जारी गरेको सूचीमा पर्साका २६ र बाराका १९ गरी ४५ जना सङ्क्रमित थपिएका हुन्। सङ्क्रमित हुनेमा सुरक्षाकर्मी र ५ जना बैंकका कर्मचारीलगायत छन्।
    अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले १८ देखि ४५ वर्षका १० जना महिलासहित ४५ जना सङ्क्रमित पुष्टि भएको बताए। उनले सङ्क्रमितहरूमा २९ जनाको सिटी भ्यालु २४ र २४ भन्दा कम भएको तथा १६ जनाको सिटी भ्यालु २५ भन्दा बढी भएको बताए। २५ भन्दा बढी सिटी भ्यालु भएकाहरूमा कोरोनाको सङ्क्रमण कमजोर भएको मानिन्छ।
    वीरगंज महानगरपालिका–९, १०, ११, १४ र २२ मा दुई/दुईजना, ८, १५, २१ मा एक/एकजना, कालिकामाई गापा–१ मा दुईजना, ३ मा एकजना, सखुवाप्रसौनी गापा–४ मा दुईजना, ५ मा एकजना र पटेर्वासुगौलीमा एकजना सङ्क्रमित पुष्टि भएको उनले        बताए।
    यसैगरी, बारा जिल्लाको निजगढमा १४ जना सङ्क्रमित पुष्टि भएका छन्। सो नपाको वडा नं ८ मा दुईजना, वडा नं ३, ७, ९ मा एक/एकजना, इप्रका निजगढमा ६ जना र सशस्त्र प्रहरी बल पिलुवामा २ जना तथा कामना विकास बैंकमा कार्यरत एकजनामा सङ्क्रमण पुष्टि भएको डा चौरसियाले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्