पर्सामा हालसम्म २३४४ सङ्क्रमित, १२७३ जना घर फर्के

124

प्रस, वीरगंज, १९ भदौ/
    जिल्ला प्रशासन कार्यालय, पर्साले जारी गरेको कोरोनासम्बन्धी तथ्याङ्कमा भदौ १८ गतेसम्म पर्सा जिल्लामा २३४४ जना सङ्क्रमित पुष्टि भएको उल्लेख छ।
    सङ्क्रमितमध्ये १८२२ जना पुरुष र ५२२ जना महिला छन्। यसैगरी, हालसम्म २४ जना भारतीय, १३६ जना स्वास्थ्यकर्मी, १२० जना सुरक्षाकर्मी, १४ जना सञ्चारकर्मी, १२० जना थुनुवा, ४९ जना अस्पताल सफाइकर्मी, गार्ड, कार्यालय सहायक, ३ जना एम्बुलेन्स चालक छन्। अहिलेसम्म पर्सा जिल्लामा १२७३ जना कोरोना जितेर घर फर्केका छन्। भदौ १८ गते मात्र ३८१ जना निको भएर घर फर्केको सो कार्यालयले जानकारी गराएको छ।
    अहिले आइसोलेशनमा ९२ जना सङ्क्रमित छन्, जसमा २६ जना महिला छन्। यसैगरी, होम आइसोलेशनमा ९०४ जना रहेका र त्यसमा २१६ जना महिला छन्। पर्सा जिल्लाका क्वारेन्टाइनमा ६६ जना शङ्कास्पद छन्, जसमा ५ जना महिला छन्। भदौ १८ गतेसम्म २१ हजार २ सय १३ जनाको स्वाब सङ्कलन भएको र ४०५ जनाको रिपोर्ट आउन बाँकी छ। हिजो ३७७ जनाको स्वाब सङ्कलन गरिएको जिप्रका, पर्साले जनाएको छ। पर्सा जिल्लामा मात्र ३९ जनाको मृत्यु भएको छ।
    कोभिड विशेष अस्पताल गण्डकमा १३ जना महिलासहित ५५ जना भर्ना भएका र त्यसमध्ये ३ जना आइसियूमा छन् भने वीरगंज हेल्थकेयरमा १३ जना महिलासहित ३७ जना र १३ जना आइसियूमा छन्। गण्डक अस्पताल ७० शय्याको र वीरगंज हेल्थकेयर १२० शय्याको हो।
    जिल्लाभरिमा १२४४ शय्याको क्वारेन्टाइन रहेको र हाल विभिन्न स्थानमा ६८८ शय्याको सामुदायिक आइसोलेशन सञ्चालनमा रहेको र त्यसमा ३३ जनासहित ३६२ जना रहेको जिल्ला प्रशासन कार्यालय, पर्साले जानकारी गराएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्