११० जना सङ्क्रमित थपिए, १९ प्रतिशतमा सङ्क्रमण पुष्टि

0
36

प्रस, वीरगंज, १८ भदौ/
    मध्य तराईका पर्सा, बारा र रौतहटका ११० जना कोरोना सङ्क्रमित थपिएका छन्। नारायणी अस्पताल पिसिआर प्रयोगशाला वीरगंजले गएराति सार्वजनिक गरेको कोरोना सङ्क्रमण नतीजा अनुसार ५७६ जनाको स्वाब नमूना परीक्षण हुँदा १९ दशमलव ९ प्रतिशत व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ। डेढदेखि ८० वर्षसम्मका ३० महिला र ८० पुरुष गरी कुल ११० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले जानकारी गराए।
    जसमा पर्साका ६९ जना, बाराका २४ जना र रौतहटका १७ जना रहेका छन्। पर्साको वीरगंज महानगरका ४९ जना, कालिकामाई गाउँपालिका वडा नं २ का ४ जना, बहुदरमाई नगरपालिका वडा नं ४ र ५ का ५ जना, पर्सागढी नगरपालिका वडा नं ४ र ८ का ७ जना, पोखरिया नगरपालिका वडा नं ४ र १० का ४ जना गरी कुल ६९ जना सङ्क्रमित भएका छन् भने बाराको कलैया उपमहानगरका विभिन्न वडाका २४ जना  र रौतहटको यमुनामाई गापा वडा नं ३ का १७ जना सङ्क्रमित भएको जनाइएको छ। वीरगंज–४ का १, १० का ३, ८ का ७, १३ का ४, १८ का १, २१ का ७, ११ का २, २ का २, १२ का १, १६ का २, १५ का २ गरी कुल ४९ जना रहेको नारायणी अस्पताल पिसिआर प्रयोगशालाकी प्रमुख प्याथोलोजिस्ट डा नीरा पाठकले जानकारी गराइन्। कुल सङ्क्रमितमध्ये सिटी भ्यालु २४ र सोभन्दा बढी भएका ३४ जना र २४ भन्दा मुनि रहेका ७६ जना छन्।
    ११० जना सङ्क्रमितमा नेशनल मेडिकल कलेज वीरगंजकी ३१ वर्षीया चिकित्सक छन्। त्यस्तै, चण्डीप्रसाद गण वीरगंजका ३२, ३४, ३४ र ३७ वर्षका ४ जना सैनिक, सशस्त्र प्रहरी पर्साका २७, २८, २९, ३० र ३२ वर्षका ५ जना, पर्सा प्रहरीका ३० र ४० वर्षका २ जना  गरी कुल ११ जना सुरक्षाकर्मी सङ्क्रमित भएका छन्। नबिल बैंक वीरगंजकी ३१ वर्षकी एक कर्मचारी पनि सङ्क्रमित भएकी छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्