सङ्क्रमितलाई सहयोग हस्तान्तरण

0
56


प्रस, वीरगंज, १७ भदौ/
चित्रगुप्त समिति पर्साका सल्लाहकार जुगलकिशोर श्रीवास्तवले नारायणी विशेष कोभिड अस्पताल गण्डकमा पानी, बिस्कुट र फलपूmल सहयोग गरेका छन् ।
अस्पतालमा भर्ना भएका कोरोना सङ्क्रिमहरूका लागि १२ सय बोतल किन्ले पानी, दुई सय थान बिस्कुट र २५ किलो स्याउ नारायणी अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्रकिशोर लाभलाई श्रीवास्तवले हस्तान्तरण गरेका थिए । सो अवसरमा नारायणी अस्पतालका चिकित्सक डा वीरेन्द्र प्रधानलगायतको सहभागिता थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्