विन्दवासिनीमा राहत गोदाममा थन्कियो

0
58

प्रस, वीरगंज, १७ भदौ/
वीरगंज महानगरपालिका–१९ विन्दवासिनीका अध्यक्ष सन्तोष तिवारीको लापरवाहीको कारण गत वर्ष खरीद गरिएको राहत सामग्री गोदाममा थन्किएको छ ।
विन्दवासिनी मन्दिर प्राङ्गणमा रहेको वडा कार्यालयको गोदाममा दुई सय बोरा चामल, ४ सय किलो दाल, नून, खानेतेललगायत अन्य सामग्री नष्ट हुन थालेको गाउँलेहरूले जानकारी दिएका छन् । राहतको लागि लक्षित परिवार असारदेखि नै प्रतीक्षामा रहेको तर वडाध्यक्षले राहत वितरण नगरी गोदाममा थन्काएर राखेको उनीहरूले गुनासो गरेका छन् ।
तीन महीनादेखि गोदाममा चामल राखिएकोले चामलको परीक्षण नभएसम्म वितरण नगरिने नेकपा प्रतिनिधि नरेश गुप्ताले बताए । गोदाममा बन्द गरी साँचो वडाध्यक्ष तिवारीले नै राखेकाले राहत सामग्रीको गुणस्तर हाल कस्तो अवस्थामा छ भन्नेबारेमा आपूmहरूलाई जानकारी नभएको विन्दवासिनी मन्दिरका पुजारीले बताए । केही महीना पहिले परेको पानीको कारण २० बोराभन्दा बढी चामल कुहिएकोले आपूmहरूले उक्त चामल प्mयाँक्न लगाएको नेकपा प्रतिनिधि गुप्ताको भनाइ छ ।
राहत वितरण गर्न सर्वदलीय प्रतिनिधिहरूले कैयौंपटक ध्यानाकर्षण गराएको तर वडाध्यक्ष तिवारीले भोलि–भोलि भन्दै तीन महीना बिताएको गुप्ताको आरोप छ । वितरण नगर्ने पक्षमा वडाध्यक्ष पनि नरहेको तर किन वितरण भइरहेको छैन भन्नेबारेमा आपूmहरू पनि चकित भएको गुप्ताको भनाइ छ । समाचार स्रोतका अनुसार गोदाममा पानी पर्दा भिजेका केही बोरा चामल सुकाएर फेरि चामल मिलमा लगी पोलिस गरी नयाँ चालमजस्तो बनाएको पनि एक महीना बितिसकेको छ ।
राहतका लागि दलित असहायहरू भौंतारिरहेका छन् । उनीहरू पार्टी प्रतिनिधि र वडाध्यक्षलगायत जनप्रतिनिधिको घरमा पटक–पटक धाउँदा पनि राहत नपाएको गुनासो गरिरहेका छन् । वडाध्यक्षनिकट स्रोतका अनुसार राहत कम र दिनुपर्नेको सङ्ख्या धेरै भएको कारण राहत वितरण गर्न नसकेको हो । राहतका लागि कतैबाट अनुदान थप भए मात्रै वितरण गर्न सकिने अवस्था रहेको स्रोतले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्