बारामा १६ जनाको मृत्यु ९५६ सङ्क्रमित

0
74

प्रस, निजगढ, १७ भदौ/
कोरोना भाइरसको सङ्क्रमणबाट बारा जिल्लामा बुधवारसम्म एकजना बालक र एकजना महिलासहित १६ जनाको ज्यान गएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।
बुधवार राति १ बजे बाराको सिम्रौनगढ नगरपालिका–९ का ९७ वर्षीय वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा कमलराय यादव रहेका छन् । कोरोना सङ्क्रमण भएपछि उनलाई भदौ १४ गते वीरगंजस्थित गण्डक कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
कोराना भाइरस सङ्क्रमणको उच्च जोखिममा बारा जिल्ला रहेको देखिन्छ । बारामा एक साताअघि मात्र ७६६ जना सङ्क्रमित थिए । अहिले सङ्ख्या बढेर ९५६ जना सङ्क्रमित पुगेको छ । एक साता नबित्दै १९० जना सङ्क्रमित बढ्नुले पनि बारा उच्च जोखिममा रहेको सहजै अनुमान लगाउन सकिन्छ ।
कोरोना सङ्क्रमित बढी रहे पनि स्थानीय उद्योग वाणिज्य सङ्घ, होटल व्यवसायी सङ्घलगायतको आग्रहमा निषेधाज्ञा खुकुलो बनाइएको हो । जसका कारण कोरोना सङ्क्रमित बढ्न सक्ने प्रबल सम्भावना देखिन्छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्