कोरोनाकाल : अत्यावश्यक के हो ?

0
44

-सञ्जय साह मित्र 
सामान्यावस्थामा गाँस, वास र कपासलाई अत्यावश्यक वा आधारभूत आवश्यकता भनिन्छ । स्वास्थ्य र शिक्षा पनि मानिसको आधारभूत आवश्यकता हो भन्ने कुरो स्थापित भइसकेको छ । यी पाँच आधारभूत आवश्यकतामध्ये चारवटा त कोरोना कालमा पनि अत्यावश्यक नै मानिएको छ । शिक्षा चाहिं फरक धारमा गएको ठानिएको छ । कतिपयले शैक्षिक सत्र नै बर्बाद हुने गरी शिक्षा ठप्प पारिएको आरोप लगाइरहेका छन् भने कतिपयले अहिलेको परिस्थितिमा शिक्षालाई अनौपचारिक माध्यमले बढाउँदा राम्रो हुने सल्लाह दिइरहेका छन् । सल्लाह र आरोप विद्यालय वा विश्वविद्यालयको कक्षा कोठाभित्रको पठनपाठनको क्षेत्रमा मात्र सीमित छैन । वास्तवमा परम्परागत आधारभूत आवश्यकताका प्रत्येक क्षेत्रमा यस्तै कुराहरू आइरहेका छन् ।

कोरोनाले गर्दा कतिपय गरीबको मुखको गाँस खोसिएको छ र कोरोना नियन्त्रणका लागि एक मात्र निषेधाज्ञाको विकल्प खोज्नुपर्ने सुझाव सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छरिन थालेका छन् । कोरोनाले मरिन्छ कि मरिन्न ठेगान छैन, तर भोकले भने पक्कै मरिन्छ भन्ने मार्मिक अभिव्यक्तिहरू पढ्न पाउँदा जसको पनि मन रुन्छ । यो कस्तो समय आइदिएको छ कि मानिसलाई झन् गरीब बनाइरहेको छ । ग्राम्य जीवनमा पनि कोरोनाको डर छ तर सतर्कताको अभाव पनि त्यतिकै छ । यसको मुख्य कारण कतिञ्जेल सतर्क रहने र कसरी सतर्क रहने भन्ने हो । कोरोनाले मानिसको ज्यानै न लिने हो, भन्ने लापरवाहीपूर्ण वा निराशापूर्ण स्वर सुनिन थालेको छ । निषेधाज्ञा रहुन्जेल आजीविकाको व्यवस्था हुन सक्दैन । यसैले कोरोना भोकभन्दा भयावह हुन सक्दैन भन्ने अभिव्यक्ति आएको हुनुपर्छ ।

जब गाँसको समस्या हुन्छ, वास र कपासको समस्या स्वाभाविक हुन्छ । गाँस, वास र कपास दिनदिनै र हर क्षण चाहिने भए पनि कपासको समस्या एकपटक समाधान भएपछि केही महीना र वासको समस्या समाधान भएपछि केही वर्ष समस्या नहुने भएकोले कोरोनाकालमा वास र कपासको प्रश्न धेरै नआएको हो । अब चाडपर्वहरू आउन थालेका छन् । चाडपर्वको समयमा कपासको समस्याको कुरा पनि आउला । चाडपर्वमा नै कपडा किन्नैपर्छ भन्ने मान्यता अझै समुदायमा विद्यमान छ । अन्य समयमा पनि नयाँ लुगा लगाउँदा हुन्छ तर चाडबाड नयाँ लुगा लगाउनैपर्छ भन्ने मान्यताले समाजमा वास गरेको हुनाले करीब छ महीनाको असामान्य जनजीवनलाई यस मान्यताले झन् खलबल्याउने सम्भावना देखिएको छ ।

वास्तवमा कोरोनाकाल स्वास्थ्यको लागि सङ्कटकाल हो । परम्परागत पाँच आधारभूत आवश्यकतामध्ये अहिले सबैभन्दा बढी चर्चा स्वास्थ्यकै छ । स्वास्थ्य वास्तवमा सबैभन्दा ठूलो धन हो । अहिले विश्वमा स्वास्थ्यमाथि समस्या आएको छ र यो समस्या समाधानको लागि विश्वका स्वास्थ्य वैज्ञानिकहरू अहोरात्र खटिरहेका छन् । एक किसिमले अहिले विश्व नै कोरोनाको त्रासमा परेको छ । कोरोनाले सबैलाई तर्साएको छ तर पछिल्ला दिनहरूमा कोरोनाको भ्रम ठूलो छ, डर ठूलो छ भन्दै कोरोनाले भन्दा मानिस अन्य रोगले बढी मरिरहेको तर्क आइरहेको छ । कोरोना रोग वा भाइरसभन्दा भ्रम बढी रहेको पनि बताइँदै छ । यस्ता कुरा भाइरल भइरहँदा कोरोनाको वास्तविकता के हो भन्नेतिर मानिसको ध्यान जान थालेको छ । कोरोनाको वास्तविकता जे भए पनि यदि यो भाइरसले मानिसको मृत्यु भइरहेको छ भने यो भयावह नै हो । छिमेकी देश भारतमा यस भाइरसको डर अझ विकराल देखिएको छ । यस अवस्थामा कोही यो तर्क गर्छन् कि कोरोना भाइरसले भन्दा अन्य रोगले बढी मानिसको मृत्यु भइरहेको छ भने अन्य रोगीलाई कोरोना भाइरसको डर बढी हुने हुँदा थप सकर्तता आवश्यक देखिन्छ । कोरोना भ्रम कसरी हुन सक्छ ? वैज्ञानिकहरूले यसको सङ्क्रमणबाट सावधान रहन बताइरहेका बेला, औषधिको आविष्कार पनि छिटै हुने सम्भावना देखाएर, अब उज्यालो दिन नजीकै छ भन्ने जनमानसमा आश जगाएको छ । सकारात्मक आशा धेरैमा आउन थालेको पनि देखिन्छ ।

कोरोना केही होइन भन्दै लापरवाही चाहिं गर्नुहुन्न । आवश्यक सम्पूर्ण सावधानी अँगाल्नुपर्छ, लक्षण देखिएपछि भरपूर उपचार गर्नुपर्छ, साथै दैनिकजसो परिश्रम गर्ने अनि आवश्यक पोषणयुक्त भोजन गर्दै कोरोनाबाट जोगिन प्रचार गरिएका जडीबुटीहरूको सेवन गर्ने हो भने कोरोना केवल भ्रम हो भन्न सकिन्छ होला । कतिपयले के भनेका छन् भने क्वारेन्टाइन वा आइसोलेशनमा पनि तातो पानी, तागतिलो खाना र कुनै लक्षण छ भने त्यस लक्षणसित मिल्दो उपचार त दिएकै छ । यदि गा¥हो हुन थाल्यो भने अस्पताल पु¥याइन्छ, हैन भने आइसोलेशनमैं बसेर निको हुने पनि धेरै छन् । तर यहाँनेर एउटा विचारणीय पक्ष के छ भने आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितले गा¥होसा¥हो पर्दा अस्पतालको सुविधा सजीलै पाउने गरेका छन् र घरमा बसेका कोरोना सङ्क्रमितलाई अस्पतालहरूले भर्ना लिनै नमानेको देखिएको छ । एउटा अस्पतालबाट अर्को अस्पतालमा डुलाउँदा डुलाउँदाको हैरानी खेप्नुपरेको छ । यस भौतिक अवस्थामा कोरोना केही होइन भन्दै अति आत्मविश्वास प्रदर्शन गर्नु आप्mनो र अरूको लागि के कति फलदायी होला हेक्का राख्नुपर्छ ।

होला, कुनै अस्पताल वा कुनै चिकित्सकबाट लापरवाही भयो होला तर वास्तवमा कुनै चिकित्सकको नियत लापरवाही गर्नु हुन सक्दैन । अहिलेको मुख्य समस्या नै अविश्वास हो । आरोप हो । चिकित्सकमाथि आरोप लगाएर चोखो बन्ने हो । चिकित्सकले लापरवाही ग¥यो भनेर हङ्गामा मचाउनेहरू पनि छन् । आक्रोश र आवेश देखाउँदैमा उपचार हुने होइन । मनोवैज्ञानिकरूपमा आक्रान्त चिकित्सकले राम्ररी उपचार गर्न सक्दैन । हामीले पनि देखेका छौं कि वर्तमान अवस्थामा चिकित्सकहरू कति धेरै जोखिममा छन् । आपूm जुन रोगको जोखिममा छन्, सोही रोगको उपचार गर्नुपर्दाको अवस्था, चिकित्सकमात्र होइन, उनका घरपरिवारले पनि चिन्ता गर्ने अहिलेको समय हो । यसकारण चिकित्सकमाथि जथाभावी आरोप लगाउने र दुव्र्यवहार गर्नेजस्ता काम गम्भीरतापूर्वक रोक्नुपर्ने देखिन्छ । स्वास्यकर्मीमाथि अनावश्यक तनाव थोपर्नुको तात्पर्य कुनै अर्को बिरामीलाई समयमा सही उपचारमा ढिलो गर्नु पनि हुन सक्छ ।

मानव समुदायले अहिले गम्भीर किसिम समस्यासँग जुझ्नुपरेको छ । अझ कतिपयको के पनि आरोप छ भने आप्mनै आनीबानीले यो समस्या घनीभूत भएको हो । सरकारले आवश्यक सावधानी अँगालेर काम गर्न भनी लकडाउन हटाएको थियो, त्यति बेला सावधानी अँगाल्ने कुरा ठ्याम्मै बिर्सिदियौं । सबै कामलाई अत्यावश्यक भन्न थाल्यौं । गाँस, वास, कपास, स्वास्थ्यलाई सबैले आधारभूत आवश्यकता भनेकोमा दुई मत नहोला, तर सरकारले विद्यालय सञ्चालन गर्न नभनिसकेको अवस्थामा प्रश्न उठ्न थालेको थिए कि विद्यालय र क्याम्पस आधारभूत आवश्यकतामा पर्दैन ? यसरी आधारभूत आवश्यकताको परिभाषा गरी कतिपयले बोर्डिङमा माथिल्ला कक्षाका विद्यार्थीलाई बोलाएर कोचिङ चलाउन थालेको, कतिपय शिक्षक समूहले कोचिङ पढाउन थालेको, टिउसन सेन्टर चलाउन थालेका थिए । बजारमा सावधानी छँदै थिएन । अनि केही दिनमैं परिणाम पनि देखियो– जहाँ जति धेरै असावधानी थियो, त्यहाँ त्यति नै धेरै सङ्क्रमण देखियो । यसबाट यही स्पष्ट हुन्छ कि आवश्यकता अनुसार सबै काम अत्यावश्यक हुन सक्छ तर अत्यावश्यक काम भन्दै लापरवाही गर्ने हो भने आपूmसँगै अरूले पनि दुःख पाउन बेर लाग्दैन । अरूले कसरी गरिरहेका छन् भन्ने होइन कि आपूmले कसरी गर्दा राम्रो हुन्छ भन्ने भाव मनमा राखेर काम गर्नु आवश्यक छ ।

सम्भवतः त्यति बेला सरकारको निर्देशन मानेको भए अहिले सबै शिक्षालय सामान्य अवस्थामा सञ्चालन भइरहेका हुन्थे कि ? हतार गर्दा घाटा बेहोर्नुपर्ने अवस्थामा पुगेका छौं । त्यस्तो भएको होइन भनेपनि सङ्क्रमण वृद्धिले सावधान हुन आग्रह त गरेकै छ । लकडाउन वा निषेधाज्ञा नै कोरोनालाई परास्त गर्ने अचुक साधन होइन । हाम्रो व्यवहारले धेरै कुरालाई प्रभावित पार्दछ । कोरोनाकालमा सबै वर्ग र क्षेत्र प्रभावित भइरहेकोले आफ्नो लागि आधारभूत आवश्यकता के भनी आफैंले प्राथमिकता छुट्याउनुपर्छ । त्यसको पूर्तिका लागि जथाभावी तरीका उपयोग गर्ने पनि होइन । आधारभूत आवश्यकता निर्धारणपछि तिनको पूर्तिका लागि वर्तमान परिवेशसँग सुहाउँदो आधारभूत नियम बनाएर त्यसको परिपालना घरपरिवारकोको मुख हेरेर गर्नुपर्छं । कोरोनासँगै बाँच्नुपर्ने भएकोले काम गर्दा अति सावधानी अँगालेर, कुनै लापरवाही नगरी जीवनयापन गर्न सिक्नुपर्छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्