६ जना पसले जरिवाना तिरेर रिहा

0
41

प्रस, वीरगंज, १६ भदौ/
    जिल्ला प्रशासन कार्यालय, पर्साले सङ्क्रमण फैलाएको आरोपमा ६ जनालाई पक्राउ गरी दण्ड, जरिवाना तिराएको छ।
    सङ्क्रमण फैलाएको आरोपमा ६ जना पसलेलाई एक महीना कैद र रु १ सय जरिवाना तोकेपछि पसलेहरूले जनही रु ९ हजार १११ जरिवाना तिरी रिहा भएका जिल्ला प्रशासन कार्यालय, पर्साले जनाएको छ।
    निषेधाज्ञामा नियमविपरीत पसल खोली सञ्चालन गरेको आरोपमा प्रहरीले श्यामप्रसाद श्रेष्ठ, श्यामबाबू साह कानू, सुनील गिरी, मनीषकुमार, सञ्जीव साह, नवनीत कुमारलाई पक्राउ गरेको थियो। पक्राउ परेका सबैजना जरिवाना तिरेर मुक्त भइसकेका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्