सहकारीहरूलाई मल वितरण

123

प्रस, रौतहट, १६ भदौ/
    रौतहटका केही स्थानीय तहका सहकारी संस्थाहरूलाई युरिया मल बिक्री वितरण गरिएको छ।
    १ हजार ९ सय ८० बोरा युरिया मल गौर, राजदेवी, मौलापुर, गढीमाई, गरुडा, माधवनारायण, फतुवाविजयपुर, चन्द्रपुर, वृन्दावन, गुजरा, बौधीमाई, कटहरिया र यमुनामाईका कृषि सहकारीलाई एक/एक सय बोराका दरले युरिया मल वितरण गरिएको जिल्ला प्रशासन कार्यालय, रौतहटले जनाएको छ।
    जिप्रका रौतहटले बाँकी स्थानीय तहका सहकारीहरूले मल खरीदका लागि एकीकृतरूपमा साल्ट ट्रेडिङ कर्पोरेशन गौरमा सम्पर्क गर्न सूचित पनि गरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्