कृषि ज्ञान केन्द्रले किसानहरूको समस्या समाधान गर्न सकेन

114

प्रस, वीरगंज, १६ भदौ/
    अखिल नेपाल किसान महासङ्घ, पर्साले जिल्ला कृषि ज्ञान केन्द्रको रवैयाप्रति चिन्ता व्यक्त गरेको छ। जिल्ला प्रशासन कार्यलय, पर्सामा महासङ्घले किसानहरूको समस्या अवगत गराउँदै मङ्गलवार ज्ञापनपत्र दर्ता गराएको छ।
    पर्साका किसानहरूको लागि कृषि ज्ञान केन्द्रले केही गर्न नसकेको, किसानलाई चाहिने मल, कीटनाशक औषधि उपलब्ध गराउन नसकेको ज्ञापनपत्रमा उल्लेख छ।  
    ज्ञापनपत्रमा प्रदेश सरकारले प्रत्येक ज्ञान केन्द्रमा रकम पठाए पनि पर्साका ज्ञान केन्द्रमा कमचारीहरू नहुँदा सो रकम फ्रिज हुन सक्ने, गत वर्ष केन्द्रका कार्यालय प्रमुख तथा कर्मचारीहरूको लापर्बाहीका कारण करोडौं रकम फ्रिज भएको उल्लेख छ।
    गत वर्षको करोडौं रकम फ्रिज भएपनि यातायात र दैनिक भत्ता सबै खर्चिएका, पर्साका किसानहरू समस्यामा परेका बेला ज्ञान केन्द्रका कर्मचारीहरू बेपत्ता हुने गरेका, किसानहरूको धानबालीमा कीराको प्रकोप बढ्दै गएकोमा सो समस्या निराकरणमा ज्ञान केन्द्रले कुनै चासो नदेखाएको ज्ञापनपत्रमा उल्लेख छ।
    ज्ञापनपत्र दर्ता गराउनेहरूमा महासङ्घका जिल्ला संयोजक शम्भु पाण्डे, जीराभवानी गापा संयोजक सञ्जीतप्रसाद चौधरी, पटेर्वासुगौली संयोजक प्रमोद उपाध्यायलगायतको उपस्थिति थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्