सालको गोलिया, साइकल बरामद

0
73

प्रस, पंचगावाँ, १३ भदौ/
    पटेर्वासुगौली गाउँपालिका–२ बैजनाथपुरबाट दुई थान सालको गोलिया काठ बरामद भएको छ।
    राष्ट्रिय जङ्गलबाट वन पँmडानी गरी साइकलमा गोलिया काठ भित्र्याउने क्रममा बरामद गरिएको सबडिभिजन वन कार्यालय रङ्गपुर टाँडीका सुबेदार प्रदीप तिमल्सिनाले बताए।
    वन टोलीलाई देखेर तस्कर साइकल छाडेर भागेको र बरामद गोलिया, साइकललाई वन कार्यालयमा ल्याएर राखिएको सुबेदार तिमल्सिनाले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्