वीरगंजमा तीनजना सङ्क्रमितको मृत्यु

0
47

प्रस, वीरगंज, १३ भदौ/
    वीरगंजमा थप तीनजना सङ्क्रमितको मृत्यु भएको छ। वीरगंज महानगरपालिका–१२ मुर्लीका ४८ वर्षीय पुरुष, सोही वडाकी ६५ वर्षीया महिला र वीरगंज महानगर–२२ मनियारीका ३७ वर्षीय पुरुषको मृत्यु भएको हो।
    मुर्लीका ४८ वर्षीय सङ्क्रमित भदौ १२ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि नेशनल मेडिकल कलेज वीरगंजबाट कोभिड अस्पताल वीरगंज हेल्थकेयरमा भर्ना गरिएको थियो। उपचारको क्रममा उनको गएराति पौने १२ बजे मृत्यु भएको थियो। उनी हेपाटाइटिस बी र एचआइभी पीडित थिए।
    यसैगरी, वीरगंज महानगर–२२ मनियारीका ३७ वर्षीय पुरुषको पनि गएराति पौने १२ बजे मृत्यु भएको छ। वीरगंज हेल्थकेयर अस्पतालबाट थप उपचारको लागि काठमाडौं लाने क्रममा चितवनमा निजको मृत्यु भएको हो।
    तीन दिनअघि सङ्क्रमण पुष्टि भएपछि तराई अस्पतालबाट उनी वीरगंज हेल्थकेयरमा भर्ना भएका थिए।
    यसैगरी, वीरगंज–१२ मुर्लीकी ६५ वर्षीया वृद्धाको पनि मृत्यु भएको छ। उनको मृत्युपछि स्वाब सङ्कलन गरी जिन एक्सपर्ट विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको प्रयोगशाला प्रमुख डा नीरा पाठकले बताइन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्