सिम्रौनगढको विशाल रानीवास खण्डहरमा परिणत

96

रामेश्वर मेहता, सिम्रौनगढ, १२ भदौ/
बाराको ऐतिहासिक, पर्यटकीय एवं धार्मिकस्थल सिम्रौनगढ–२ अमृतगंजस्थित विशाल रानीवास भन्ने रामजानकी मन्दिरको पूर्वपट्टिको भवन खण्डहरमा परिणत हुँदैछ।
विसं १९३५ मा राणा प्रधानमन्त्री जङ्गबहादुर राणाका छोरा जगतजङ्गबहादुर राणाले निर्माण गरेको विशाल रानीवास भवनका कोठाहरू भत्किन थालेका छन्। मुख्य ढोका भएको कोठाको माथिल्लो छत खसेको दुई वर्ष बितिसक्यो तर अहिलेसम्म मरम्मत गरिएको छैन। भवन जीर्ण भएको, भवनमा खरपतवार रहेको, रुखबिरुवा उम्रिएको र चर्किएको अवस्थामा छ।
पहिले चलचित्र सुटिङ गर्नेहरू यहाँ आउने गर्दथे। यो मन्दिरको चारैतिर ठूलठूला चारवटा भवन थिए। जसमध्ये दक्षिणतर्फको भवन पहिलेकै पुरातात्विक ढाँचामा बनेको छ भने उत्तरतर्फको भवन पहिलेकै ढाँचामा मरम्मत गरिएको छ। पश्चिमतर्फको भवन पुरानो ढाँचामा नभई साधारण तरीकाले बनाएपछि निर्माण कार्य अधूरो छ। यसलाई भत्काएर पुनः पुरानै ढाँचामा भवन बनाउने निर्णय भएको छ।
५ सय बिघा जग्गा रहेको सो मन्दिरको रेखदेखको जिम्मेवारी वीरगंजस्थित गुठी संस्थानले गरिरहेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्