बरहथवामा डुबेर दुईजनाको मृत्यु

0
42

प्रस, सर्लाही, ११ भदौ/
    सर्लाहीको बरहथवा नगरपालिकामा बिहीवार बिहान दुईजनाको डुबेर ज्यान गएको छ।
    मृत्यु हुनेमा बरहथवा–३ हरजरियाका नवीनकुमार महतोकी ३ वर्षीया छोरी पूनमकुमारी र सोही नगरपालिका वडा नं ९ मूर्तियाका रामबाबू महतोकी १७ वर्षीया छोरी पूनमकुमारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
    तीन वर्षकी बालिका घरनजीकै गाडेको चापाकलको पानीले भरिएको खाल्डोमा डुबेर मृत्यु भएको हो।
    बालिका डुबेर मृत्यु भइसकेपछि मात्रै अभिभावकले थाहा पाएका थिए। त्यसैगरी, मूर्तियाकी १७ वर्षीया किशोरीको पोखरीमा कमलको फूल टिप्न जाँदा डुबेर मृत्यु भएको हो। पोखरी फुलेको कमलको फूल टिप्न हाम फाल्ने बित्तिकै उनी डुबेकी थिइन्। गहिरो पानी र जमीनको सतह दलदल भएको कारण उनी डुबेकी घटनास्थल आसपासका बासिन्दाहरूको अनुमान छ। दुवैजनाको शव जिल्ला अस्पताल मलङ्गवामा शल्यपरीक्षण गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्