१० महिलासहित ३२ जना सङ्क्रमित पुष्टि

0
42

प्रस, वीरगंज, ९ भदौ/
    पर्सा जिल्लामा मङ्गलवार ३२ जना सङ्क्रमित थपिएका छन्। जिल्ला प्रशासन कार्यालय, पर्साले उपलब्ध गराएको तथ्याङ्क अनुसार १० जना महिला र २२ जना पुरुष नारायणी प्रयोगशालामा गरिएको पिसिआर परीक्ष्Fण रिपोर्टमा सङ्क्रमित पुष्टि भएका हुन्।
    प्रशासनले उपलब्ध गराएको सूची अनुसार वीरगंज महानगरको वडा नं. ३, ४, ८, ९, १०, ११, १२, १४, १५, १६, १७ गरी १४ जना, कालिकामाई गाउँपालिका–२ र ५ का गरी १२ जना तथा जगरनाथ गाउँपालिका–२, ३, ५ र ६ गरी ५ जना र जीराभवानी गाउँपालिका–४ का एकजनामा मृत्युपश्चात् सङ्क्रमण पुष्टि भएको छ।
रौतहटमा २० जना सङ्क्रमित
प्रस, रौतहट/
    रौतहटमा मङ्गलवार २० जना कोरोना सङ्क्रमित थपिएका छन्।  गढीमाई नगरपालिकामा ६, मौलापुरमा ५, गौरमा ५, चन्द्रपुरमा २, गुजरामा १ र माधवनारायणमा १ जना गरी कुल २० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रौतहटका फोकल पर्सन हरेन्द्र गुप्ताले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्