युवकद्वारा आत्महत्या

113

प्रस, पर्सागढी, ९ भदौ/
    बहुदरमाई नगरपालिका–४ गुलरियामा एकजना युवकले आत्महत्या गरेका छन्।
    गाउँनजीकैको आँपको बगैंचामा स्थानीय रामकिशोर महतोका २२ वर्षीय छोरा सुनील महतोले पासो लगाएर आत्महत्या गरेका हुन्। घुम्न निस्किएका गाउँलेहरूले उनको शव झुन्डिरहेको देखेपछि घरपरिवारलाई जानकारी गराएका थिए।
    घटनाको अनुसन्धान भइरहेको र शवको शल्यपरीक्षणको लागि नारायणी अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय, पोखरियाले जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्