दुई पक्षबीच कुटाकट, एक दर्जन मानिस घाइते

0
43

प्रस, सिम्रौनगढ, ९ भदौ/
    सिम्रौनगढ नगरपालिका–५ ठूलो इँटवालमा दुई पक्षबीच कुटाकुट हुँदा एक दर्जनभन्दा बढी मानिस घाइते भएका छन्।  वडा नं. ५ का अध्यक्ष रामबहादुर पटेलले ट्रान्सफर्मरबाट सेलर मिललाई लाइन जोड्न मनाही गरेपछि स्थानीय शिवमङ्गल कुशवाहा र केही गाउँलेबीच झडप भएको थियो। घाइते हुनेमा विश्वनाथ साह, नितेश पटेल, आइजी पटेललगायत १२ जना रहेका छन्। उनीहरूको सिम्रौनगढको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ।
    इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रनि सुरेन्द्र तामाड्ढो नेतृत्वको प्रहरी टोलीले झडपलाई साम्य पारेको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्