५३ जना सङ्क्रमित थपिए

0
44

प्रस, वीरगंज, ८ भदौ/
पर्सा र बाराका ५३ जना नयाँ सङ्क्रमित थपिएका छन्। नारायणी अस्पताल प्रयोगशालाले आइतवार अबेर राति सार्वजनिक गरेको रिपोर्ट अनुसार ७ महिला र ४६ पुरुष गरी कुल ५३ जना नयाँ सङ्क्रमित थपिएका हुन्। जसमा पर्साका ३४ र बाराका १९ जना रहेका छन्।
अढाई वर्षका बालकदेखि ७२ वर्ष उमेरका सङ्क्रमितहरूमध्ये बाराका १९ जना जीतपुरसिमरा उपमहानगरपालिकाको अमलेखगंजका बासिन्दा छन्। त्यसैगरी, पर्साका ३४ जनामध्ये अधिकांश वीरगंज–१५ भिस्वाका बासिन्दा रहेको बताइएको छ। पर्सामा आइतवारसम्म कुल १ हजार ९४४ जना सङ्क्रमित भएका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्