हवाई फायर गरी गोलिया नियन्त्रण

129

प्रस, निजगढ, ७ भदौ/
    बारा, करैयामाई गाउँपालिका–३ मा तीन राउन्ड हवाई फायर गरी गोलिया नियन्त्रणमा लिइएको छ।
    सबडिभिजन वन कार्यालय मधुवन  र जैतापुर रेन्जपोस्टको संयुक्त गस्ती टोलीले शनिवार बिहान ४ बजे गोलिया नियन्त्रणमा लिएको हो।
    आठजनाको समूहले वन क्षेत्रबाट चोरी तस्करी गरी सालको पाँच थान गोलिया साइकलमा राखी बस्तीतर्फ ल्याउँदै गर्दा गस्ती टोलीले हवाई फायर गरी गोलिया नियन्त्रणमा लिएको थियो।
    गस्ती टोलीले काठ चोरी तस्करी गर्न बनाएका ५ थान साइकल, १ थान बन्चरोसमेत बरामद गरेको छ। सो गोलिया २२ क्यूफिट रहेको डिभिजन वन कार्यालय बाराले जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्