पोखरिया अस्पताललाई पिउने पानी सहयोग

0
62

प्रस, पोखरिया, ७ भदौ/
पोखरिया नगरपालिकामा सक्रिय युवा समाजले पोखरिया अस्पताललाई पिउने पानी सहयोग गरेको छ।
अस्पतालको आइसोलेशनमा सङ्क्रमितहरूलाई सहज होस् भनेर समाजले आइतवार ६ सय बोतल पिउने पानीको व्यवस्था गरेको अध्यक्ष नौसाद आलमले बताए। अस्पतालको प्रशासन शाखाका लक्ष्मी चौहानलाई ६ सय बोतल पिउने पानी हस्तान्तरण गरिएको हो। कार्यक्रममा समाजका सन्तोष महतो, मनोज गुप्ता, एकलाख आलमलगायतको सहभागिता थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्