२ महिलासहित ३१ जनाद्वारा आकस्मिक रक्तदान

0
90

प्रस, पोखरिया, ६ भदौ/
सखुवाप्रसौनी गाउँपालिका–६ लखनपुरमा आकस्मिक खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
जनजागरण युवा क्लब लखनपुरको आयोजनामा जिल्ला कृषि सहकारी सङ्घ पर्सा र जय महावीर कृषि सहकारी संस्था लखनपुरको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा दुईजना महिलासहित ३१ जनाले रक्तदान गरेका छन्।
क्लबका अध्यक्ष शिवकुमार साहको अध्यक्षता र सखुवाप्रसौनी गापा–६ लखनपुरका वडासदस्य धर्मराज साहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मनोज यादव, रामबाबू साह तेली, सिकेन्द्र सहनी, रामचन्द्र साह, सोनालाल साह, अमलेशकुमार, लालबहादुर महरा, धीरजकुमार यादव, जपाल राउत कम्कर, विकाशकुमार, कैलाश साह, सविता देवी, कमरूल नेसा, हमिद मियाँ, लालचन पटेल, भगवान सहनी, अशोककुमार साह, मन्नु गिरीलगायतले रक्तदान गरेका थिए।
कोभिड–१९ महामारीको कारण रक्त सञ्चार केन्द्रमा रगतको अभाव भएपछि आकस्मिक रक्तदान गरिएको आयोजकले जनाएको छ। रक्तसञ्चार केन्द्रमा रगतको अभाव हुन नदिन स्वास्थ्य मापदण्ड अनुसार सतर्कता अपनाइ ग्रामीण भेगमा रक्तदान कार्यक्रम गरिएको रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभराज पाण्डेले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्