रेमडेसिविर इन्जेक्शन आयात हुन थाल्यो

137

राधेश्याम पटेल, वीरगंज, ६ भदौ/
कोरोना सङ्क्रमितको उपचारमा उपयोगी मानिएको रेमडेसिविर इन्जेक्शन वैधानिकरूपमा नेपालमा आयात शुरू भएको छ।
स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्था विभागमा दर्ता गरी आयात गर्न पाइने स्वीकृति दिएपछि भारतबाट शुक्रवार ५ सय भाइल इक्जेक्शन नेपाल आएको छ। मन्त्रालय स्रोतका अनुसार भारतमा पनि उक्त इन्जेक्शनको माग अत्यधिक रहेकोले नेपालको मागबमोजिम एकैपटक नपाइएकोले बिस्तारै माग पूर्ति हुँदै जाने आयातकर्ताहरूको भनाइ छ।
पहिलोपटक आएको ५ सय भाइल इन्जेक्शनमध्ये सातवटै प्रदेशका कोभिड अस्पतालमा पठाउने तयारी भइरहेको छ। सबैभन्दा बढी अति जोखिम क्षेत्र वीरगंज, काठमाडौं, विराटनगर, कर्णाली प्रदेशलगायतमा पठाउने तयारी भइरहेको मन्त्रालय स्रोतले जनाएको छ। कुल ५ सय भाइलमध्ये एक सय भाइल इन्जेक्शन वीरगंजस्थित कोभिड विशेष अस्पताल वीरगंज हेल्थकेयर हस्पिटलमा पठाइएको छ।
प्रदेश २ का अन्य अस्पताललाई दोस्रो चरणमा उपलब्ध गराउने लक्ष्य छ। वीरगंज हेल्थकेयर हस्पिटलका लागि छुट्टयाइएको उक्त औषधि आइतवार बिहान ११ बजेसम्म आइपुग्ने बताइएको छ। सरकारी दरमा एउटा भाइल रेमडेसिविर इन्जेक्शनको मूल्य रु ७ हजार ६ सय रहेको छ। कोभिड अस्पतालले एउटा भाइल इन्जेक्शन सोही दाममा सङ्क्रमितलाई लगाउनेछ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्