एकजना सङ्क्रमितको मृत्यु तीनजनाको अवस्था गम्भीर

0
56

प्रस, परवानीपुर, ६ भदौ/
कोभिड विशेष अस्पताल वीरगंज हेल्थकेयरमा शनिवार बिहान एकजना सङ्क्रमितको मृत्यु भएको छ।
मृत्यु हुने पर्सा, बहुदरमाई नगरपालिका वडा नं ४ डोकैला बहुअरीका ६१ वर्षीय पुरुष हुन्। चार दिनदेखि वीरगंजको बिर्तास्थित अलि अर्थो ट्रमा सेन्टरमा उपचार गराइरहेका उनको भदौ ४ गते पिसिआर परीक्षणमा कोरोना सङ्क्रमण देखिएपछि सोही साँझ वीरगंज हेल्थकेयर भर्ना गरिएको थियो।
मधुमेह र मुटुको समेत समस्या रहेको उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा शनिवार बिहान ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। उनलाई श्वासप्रश्वास, ज्वरो तथा बान्ता आउने समस्या थियो। योसमेत विभिन्न जिल्लाबाट आएकासमेत वीरगंजमा ३६ जना सङ्क्रमितको मृत्यु भइसकेको छ।
सोमध्ये पर्साका २८, बाराका ६ र रौतहटका २ जना छन्। यसैगरी, वीरगंज हेल्थकेयरमा थप तीनजना सङ्क्रमितको अवस्था एकदमै नाजुक रहेको चिकित्सकहरूले बताएका छन्। तीनैजनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको र अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्