त्रिशक्तिको गोदाममा आगलागी

0
40


प्रस, वीरगंज, ५ भदौ/
    वीरगंज महानगरपालिका–१२ प्रतिमाचोकनजीकै रहेको त्रिशक्ति इन्टरनेशनल ट्रेडिङमा बिहीवार साँझ साढे सात बजे आगलागी भएको छ।
    मेशिनरी पाट्र्स भण्डारण गरिएको गोदाममा आगलागी हुँदा करीब डेढ करोड रुपैयाँको क्षति भएको ट्रेडिड्ढा सञ्चालक ध्रुव साहले बताए। मोबिल राखिएको गोदाममा अचानक आगलागी हुँदा मेशिनरी पाट्र्स जलेर नष्ट भएको उनले बताए।
    जिल्ला प्रहरी कार्यलय, पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तको नेतृत्वमा गएको प्रहरी टोली, सशस्त्र प्रहरी, नेपाली सेनासहित वीरगंज महानगरका दुईवटा दमकल र कलैयाको एउटा दमकलको सहयोगमा करीब एक घण्टापछि आगलागी नियन्त्रणमा लिइएको   थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्