४२५ किलो केराउ बरामद

100

प्रस, महोत्तरी, ४ भदौ/
    बिहीवार बिहान प्रहरीले महोत्तरीको सीमा क्षेत्रबाट भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा छुट्टाछुट्टै स्थानबाट ४२५ किलोग्राम केराउ बरामद गरेको छ।
    जिल्लाको जलेश्वर नगरपालिका वडा नं ३ स्थित भारतीय सीमानजीकै रहेको मलिवारा गाउँबाट २५० किलोग्राम र एकडारा गाउँपालिका वडा नं ४ स्थित हलखोरी गाउँबाट १७५ किलो केराउ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिएका छन्।
    दुवै स्थानका गरी १७ वटा बोरामा केराउ राखेर नेपालबाट भारततर्फ लैजाने तयारी भइरहेको बेला प्रहरीको गस्ती टोलीले बरामद गरेको र प्रहरीलाई देखेपछि तस्करहरू फरार भएको प्रहरीको भनाइ छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्