सखुवाप्रसौनीमा युरिया मल वितरण

0
65


प्रमोद यादव, पंचगावाँ, ४ भदौं/
    सखुवाप्रसौनी गाउँपालिका–६ लखनपुरमा किसानहरूलाई युरिया मल बिक्री वितरण गरिएको छ।
    जिल्ला कृषि सहकारी सङ्घ पर्साले किसानहरूलाई ३० बोरा युरिया मल बिक्री वितरण गरेको हो। रु ८ सयमा किसानहरूलाई मल बिक्री गरिएको संस्थाका अध्यक्ष शिवकुमार साह तेलीले बताए। एकजना किसानलाई एक बोराको दरले युरिया मल उपलब्ध गराइएको कृषक धर्मा साहले बताए।
    यसैगरी, सखुवाप्रसौनी गाउँपालिका–५ महुवनका आधा दर्जनभन्दा बढी संस्थाले युरिया मल ल्याएर रु एक हजारमा बिक्री गरिरहेको एकजना कृषकले बताएका छन्। साल्ट ट्रेडिङबाट अनुदानमा प्राप्त युरिया मल रु एक हजारमा महुवन र एकडर्वाका सहकारी संस्थाले बिक्री गरिरहेको सखुवाप्रसौनी गापा–५ का किसान चिरञ्जीवी यादवले जानकारी गराएका छन्।
    एकजना कृषकका अनुसार भारतीय मल रु १६ सय र नेपाली युरिया मल रु एक हजारमा खरीद गर्न किसानहरू बाध्य  छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्