मृतक युवकमा सङ्क्रमण पुष्टि

0
56

प्रस, सप्तरी, ४ भदौ/
    मङ्गलवार मृत्यु भएको सप्तरीको राजविराज वडा नं. ४ का युवकमा कोरोना सङ्क्रमण बुधवार राति पुष्टि भएको छ।
    ज्वरो आएको र सास फेर्न गा–हो भएको २८ वर्षे युवकको उपचारको क्रममा धरानमा मृत्यु भएको थियो। राजविराजको छिन्नमस्ता अस्पतालमा प्रारम्भिक उपचार गरिएको सो युवकको अवस्था गम्भीर भएपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रेफर गरिएको थियो। उपचारको क्रममा  मङ्गलवार दिउँसो उनको धरानमा मृत्यु भएको हो।
    मृतकको शव राजविराज ल्याइएपछि स्वाब सङ्कलन गरिएको थियो। स्वाबको रिपोर्ट बुधवार राति आएकोमा कोरोना सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ। सो युवकसमेत सप्तरीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४ पुगेको छ।
    यसअघि राजविराज नगरपालिका वडा नं ६ का दुईजना र रूपनी गाउँपालिका–५ का एकजना पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्