प्रहरी निरीक्षकसहित २४ जना सङ्क्रमित

0
61

प्रस, सिराहा, ४ भदौ/
    प्रहरी निरीक्षकसहित सिराहाका २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
    जिल्ला स्वास्थ्य कार्यालय सिराहाले बुधवार साँझ दिएको जानकारी अनुसार इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख तथा प्रहरी निरीक्षक जनक पुरी र सोही कार्यालयमा कार्यरत १० जना प्रहरीसहित गोलबजारका चारजना सर्वसाधारणमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। गोलबजारका चारजना सङ्क्रमित कन्ट्याक्ट ट्रेसिङमा परी स्वाब परीक्ष्Fण गर्दा उनीहरूमा सङ्क्रमण फेला परेको हो।
    जिल्लाको सिराहा नगरपालिका वडा नं १६ मा रहेको इलाका प्रहरी कार्यालय माडरमा पनि प्रहरी सहायक निरीक्षकसहित पाँचजना स्थानीय पुरुष र चारजना महिलामा सङ्क्रमण पुष्टि भएको छ। कन्ट्याक्ट ट्रेसिड्ढा आधारमा पिसिआर जाँच गर्दा उनीहरूमा सङ्क्रमण देखिएको हो।
    त्यसैगरी, गोलबजार नगरपालिका वडा नं १४ मा एकजना र नरहा गाउँपालिकाको क्वारेन्टाइनमा रहेका एकजना पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ। सिराहा जिल्लामा हाल ८७ जना कोरोना सङ्क्रमित उपचाररत छन्। यसअघि इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुखमा कार्यरत प्रहरी नायब उपरीक्षक सन्तु जैसवालसहित एक प्रहरी र तीनजना थुनुवामा कोरोना सङ्क्रमण फेला परेको थियो।
    आइसोलेशनमा रहेकामध्ये बिहीवार पाँचजनाले कोरोनालाई जितेर घर फर्किएका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्