द्रौपदी स्वयंवर भयो कोरोना भेदन

0
63

    महाभारतमा द्रौपदी स्वयंवर निकै जटिल मानिन्छ। माथि छतमा फन्फनी घुमिरहेको माछालाई तल कराहीमा राखेको तेलमा त्यसको छाया हेरेर लक्ष्य भेद गर्नुपर्ने। यो कार्य आफैंमा दुष्कर त थियो नै, जुन धनुषमा प्रत्यञ्चा चढाएर माछालाई होइन, त्यसको आँखा ताक्नुपर्ने थियो, धेरैले त्यो धनुष उचाल्नै नसक्ने। अतिशय ग–हुँगो धनुष उठाउनै प्रलय, प्रत्यञ्चा चढाउनु झन् जटिल, अनि तल हेरेर माथि निशाना साध्नु त असम्भव। अहिले विश्वमा फैलिएको कोरोनासँग युद्ध गर्नु त्यतिकै गा–हो भएको छ। कोरोना मानिसबाट मानिसमा सर्छ। मानिससँग मानिसको सम्पर्क रोक्नुप–यो। विश्वका सबै सरकारले मानिस–मानिसबीच खुला सम्पर्क नहोस् भन्ने धेरै चेष्टा गरे, कडाइ गरे, दण्डनीय बनाए, कहींकहीं त कोरोना सङ्क्रमितलाई गोली नै हानेको अपुष्ट कुरा पनि सुनियो तर कोरोना एकजनाबाट अर्कोजनामा र अर्कोजनाबाट धेरैजनामा फैलिएर नै छाड्यो। किनभने मानिसलाई अर्को मानिसको सम्पर्कमा आउनबाट जोगाउने कसरी ? मानिसले खानुपर्छ। खानको लागि उसले खाद्यवस्तु खरीद गर्नुपर्छ। खरीद गर्दा एकजनाबाट अर्कोमा नसर्ने कुरै भएन।
    यसका लागि शुरूमा सरकारले जुन उपाय लागू गर्न खोजेको थियो, त्यसले निरन्तरता पाउन सकेन। आवश्यक खरीदवस्तु सबैलाई घरघरमा पु–याउने। जनताको मागलाई खुद्रामा पूरा गर्न नसक्ने सरकारले थोकमा यस्तो सेवा कसरी उपलब्ध गराउन सक्थ्यो ? योजना नै तुहियो। केही स्वतन्त्र संस्था र पसलहरूले आफ्नो जिम्मेवारीमा यो कार्य थाले तर त्यसले पनि प्रभावकारी रूप लिन सकेन। अर्थात् मानिस–मानिसबीच सम्पर्क तोड्ने प्रभावकारी कुनै उपाय लागू हुन सकेन। कोरोना फैलँदै गयो र अहिले बिरलै कुनै मुलुकबाहेक  यो समुदायस्तरमा फिंजियो। अहिलेको अवस्था यस्तो छ कि घरपिच्छे परीक्ष्Fण गर्ने हो भने परिवारका कुनै न कुनै सदस्यमा यो विद्यमान देखिने नै छ। परीक्ष्Fण गरेर महामारीको वृद्धिदर देखाउनुको साटो विभिन्न बहानामा परीक्ष्Fण नै नगर्ने अघोषित नीति अहिले अख्तियार गरिएको छ। यसरी रोगीको उपचार गर्नुपर्ने दायित्वबाट सरकार जोगिन सक्छ। यसैलाई ‘न रहे बाँस न बजे बाँसुरी’ भनिएको हो। तर यथार्थमा अबको स्थिति झन् दुरुह बनेको छ। यद्यपि नागरिक पनि भयभीत भएको छ। हिजोजस्तो सामूहिक भेटघाट र बाक्लो उपस्थितिबाट पन्छिन थालेको छ। तर पनि समाचारमा कोरोना वृद्धिदर बाक्लिएको छ।
    यो अवस्था सङ्क्रमणबाटै विसङ्क्रमण हुने मानवीय क्ष्Fमताको विकास हुनु हो। धेरै मानिसले कोरोना पचाइसकेका छन्। अर्थात् कोरोनाविरुद्धको एन्टिबडी धेरैमा विकसित भइसकेको छ। त्यसैले जति मात्रामा मानिस आइसोलेशनमा पुगेका छन्, त्यसभन्दा बढी बाहिर पनि आइरहेका छन्। देशमा अहिलेसम्म १०७ जनाको यस महामारीबाट मृत्यु भएको छ। देशको सम्पूर्ण मृत्युदरमा कोरोनाबाट मृत्यु हुनेहरूको सङ्ख्या नगण्य छ। फेरि विश्वभरिका औषधि वैज्ञानिकहरू यसविरुद्ध उपचार खोज्न व्यस्त छन्। तीन/चार वटा सुखद समाचार पनि आइसकेका छन्। कुनै न कुनै सफल हुन्छ नै। पूर्ण सफल नभए पनि, अर्थात् रोग लाग्नै नदिने उपलब्धि नभए पनि रोगमुक्त पार्न सक्ने क्ष्Fमता त अवश्य हुनेछ। तर औषधि घरआँगनसम्म पुग्न लाग्ने समयसम्म धैर्य आवश्यक छ। सतर्कता र उच्च मनोबल यसमा सहायक हुनेछ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्