कोरोना सङ्क्रमणबाट बाराका ५९ वर्षीय पुरुषको मृत्यु

0
59

प्रस, परवानीपुर, ४ भदौ/
    बाराको कलैया उपमहानगरपालिका वडा नं १० मटिअर्वाका ५९ वर्षीय पुरुषको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको छ।
    उपचारको क्रममा बुधवार राति नारायणी अस्पताल लैजाँदा अस्पताल पुगेपछि उनको मृत्यु भएको थियो। त्यसपछि उनको शव नारायणी अस्पतालको शवगृहमा राखिएको थियो।
    नारायणी अस्पताल पिसिआर प्रयोगशालामा परीक्षण गरिएको जिन एक्सपर्ट पिसिआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएकोले उनको मृत्युको कारण कोरोना सङ्क्रमण रहेको पुष्टि भएको हो।
    बाराका प्रहरी प्रवक्ता प्रनाउ गौतम मिश्रले उपचारको क्रममा मृत्यु भएको मृतकका परिवारजनलाई उनको रिपोर्टबारे जानकारी गराइ क्वारेन्टाइनमा बस्न जानकारी गराइसकेको र शवको व्यवस्थापनको लागि कलैयास्थित नेपाली सेनाको टोलीसँग समन्वय भइरहेको जानकारी गराए।
    अबेर राति अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि वीरगंजका विभिन्न अस्पताल डुलाउँदा डुलाउँदै अन्त्यमा नारायणी अस्पतालमा लैजाँदा अस्पतालको मूलगेटमैं पुग्दा ती पुरुषको ज्यान गएको परिवारजनले बताएका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्