१६ क्युफिट सालको गोलिया बरामद, वनविनाश बढ्दै

0
56

प्रस, पर्सागढी, ३ भदौ/
    सबडिभिजन वन कार्यालय सबैयाले गएराति १६ क्युफिट सालको गोलियासहित दुईवटा साइकल नियन्त्रणमा लिएको छ।
    वीरगंज महानगरपालिका–३१ मिलनचोकबाट वनगस्ती टोलीले साइकल र गोलिया बरामद गरेको थियो। बरामद गोलिया सबडिभिजन वन कार्यालयमा राखिएको छ। निषेधाज्ञाको फाइदा उठाएर अहिले काठ तस्करहरूले व्यापकरूपमा वनविनाश गरिरहेको वनकर्मीहरूले नै बताएका छन्।
    अहिले विद्यार्थी र ज्यालादारी मजदूरी गर्नेहरू फुर्सदमा रहेका समयमा राष्ट्रिय वनजङ्गल पस्ने र काँचो दाउरा ल्याउने गर्दा वनविनाश बढ्दैछ गएको पनि वनकर्मीहरूको भनाइ छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्