मदर्सामा आइसोलेशन सञ्चालनको तयारी

0
64

प्रस, बारा, ३ भदौ/
    जीतपुरसिमरा उपमहानगरपालिका–२३ स्थित मदर्सामा आइसोलेशन निर्माण शुरू भएको छ।
    दुई दिनभित्र व्यवस्थापन कार्य सम्पन्न गरी ३० शय्या क्षमताको आइसोलेशन सञ्चालन गर्ने योजना रहेको स्थानीय बासिन्दाहरूले बताएका छन्। कोरोना भाइरसका सङ्क्रमितहरूको सङ्ख्या बढेसँगै जीतपुरसिमरा क्षेत्रमा आइसोलेशनको अभाव छ। आइसोलेशन अभावको कारण सो क्षेत्रका ९ जना सङ्क्रमितमध्ये दुईजना जिल्ला सदरमुकाम कलैयास्थित आइसोलेशनमा, दुईजना म्याग्नस फर्मा उद्योगको आइसोलेशनमा र पाँचजना होम आइसोलेशनमा बसिरहेका वडा नं २३ वडापालिकाको कार्यालयले जनाएको छ।
    मदर्सामा चिकित्सकसमेत स्थानीय चिकित्सक नै स्वयंसेवकको रूपमा खट्ने गरी आइसोलेशनको तयारी थालिएको हो। वडामा दुईजना स्थानीय चिकित्सक डा इल्ताब अन्सारी र डा एमामुल मन्सुरीले स्वयंसेवकको रूपमा सहयोग गर्न तयार भएका छन्। आइसोलेशन तयारी भएपछि सबैभन्दा पहिले स्थानीय होम आइसोलेशनमा बसेकालाई प्राथमिकता दिइने जीतपुरसिमरा उपमहानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्